मधेश प्रदेशमा सडक दुर्घटनाको डरलाग्दो अवस्था, मृत्यु दर तीव्र वृद्धि
kalakarmi.com · Thu Jun 18 07:12:37 GMT 2026

जनकपुर- मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष (२०७७/७८ देखि २०८१/८२) मा भएका सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा मधेश प्रदेशमा ट्राफिक सुरक्षाको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको देखिएको छ ।
बिहीवार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठिमा सार्वजनिक गरिएको सडक दुर्घटनाको तथ्यांक अनुसार विगत पाँच वर्षमा मधेश प्रदेशमा सडक दुर्घटनाका कारण २,७४८ जनाले ज्यान गुमाएका छन् । पाँच वर्षमा कुल २९,१८३ वटा सडक दुर्घटना भएकोमा ४१,६९७ सवारी साधन संलग्न रहेको देखिएको छ । यस अवधिमा दुर्घटनामा परी १०,८६६ जना गम्भीर घाइते र ६,१४२ जना सामान्य घाइतेको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)