मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण
canadanepal.com · Thu Sep 10 06:21:16 GMT 2026

जनकपुरधाम - मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ। निर्माण भएका संरचनामा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म छन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ वटा आवास निर्माण भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)