सर्पले टोकेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै ज्यान गयो
onlinekhabar.com · Thu Sep 10 06:22:06 GMT 2026

२५ भदौ, विराटनगर । समयमा उपचार नपाउँदा सर्पले डसेकी एक जना बालिकाको ज्यान गएको छ । बुधबार बेलुका सर्पले टोकेकी इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी ८ वर्षीय छोरी आस्वाना चौहानको समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।
घरमा रहेका बेला बालिकालाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको विषय तत्कालै परिवारले थाहा पाएनन् । हातमा रगत देखेपछि थाहा पाएका परिवारले नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा लगे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)