गुल्मीमा नक्कली चुरोटसहित एक जना पक्राउ
barnanmedia.com · Thu Sep 10 06:25:47 GMT 2026

गुल्मीमा नक्कली खुकुरी चुरोटसहित एक जना पक्राउ परेका छन्। यस जिल्लाको रुक्षेत्र गाउँपालिका वड नम्बर–४ बलेटक्सार बजार क्षेत्रमा नक्कली चुरोट बिक्री वितरण भइरहेको अवस्थामा एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार बुधबार बलेटक्सार बजार क्षेत्रमा नक्कली चुरोटको कारोबार भइरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको चार जनाको टोलीले चुरोट र भ्यानसहित चालकलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)