स्थानीय तहको आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द
baahrakhari.com · Thu Jul 09 17:13:07 GMT 2026

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले असार २५ गते अर्थात् आज राति १२ बजेदेखि स्थानीय तहहरूको चालु आर्थिक वर्षको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुँदै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (शुत्र) बन्द हुने जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअगावै भुक्तानी निकासा र खर्चको लेखा अद्यावधिक गरी बन्द गर्नुपर्ने व्यवस्थाअनुसार यो निर्देशन जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)