रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक
khabarhub.com · Thu Sep 10 06:45:08 GMT 2026

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । १७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)