‘पाता कस्ने’ मन्त्रीको अभिव्यक्तिपछि ग्यास उद्योगी क्रुद्ध: बिनाप्रमाण धम्की दिनु आपत्तिजनक
clickmandu.com · Thu Sep 10 06:46:16 GMT 2026

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योगमन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्राकृतिक विपत्तिको समयमा उद्योगीलाई दोषारोपण गर्नुको सट्टा वस्तुगत अध्ययन गर्न आग्रह गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालमा एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। देशमा विभिन्न कालखण्डमा आएका विपत्ति तथा महाविपत्तिका समयमा समेत ग्यास उद्योगहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन अहोरात्र खटिएर आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गर्दै अविच्छिन्न सेवा दिँदै आएको संघको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)