१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
baahrakhari.com · Thu Sep 10 06:54:51 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने मन्त्रीस्तरीय नीतिगत निर्णय गरेको छ । विपद्का समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी सो निर्णय गरेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विपद्का समयमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताइन् । विपद् व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)