अगस्टमा विश्वकै उच्च तापक्रम
nepalnews.com · Thu Sep 10 06:59:56 GMT 2026

पेरिस । युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ। सो अवधिमा समुद्री सतहको तापक्रम समेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो। यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो। अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)