उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ
baahrakhari.com · Thu Sep 10 07:08:29 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी–व्यवसायीप्रति मन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको हो ।
बुधबार (भदौ २४) बसेको प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्नेजस्तो अभिव्यक्ति दिनु अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दुःखद भएको महासंघले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)