रसुवागढीदेखि मुग्लिनसम्म ४१ पुल बा'ढीले ब:गायो, त्रिशूली वारपार गर्नै क'ठिन!
barnanmedia.com · Thu Sep 10 07:06:46 GMT 2026

भोटेकोशी र त्रिशूली नदीमा आएको वि'नाशका'री बा'ढीले रसुवागढीदेखि मुग्लिनसम्मको नदी करिडोरमा रहेका ६३ पुलमध्ये ४१ वटा पूर्ण रूपमा ब'गाएको सडक विभागको स्थलगत प्राविधिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार ३ वटा पुल क्ष'तिग्र"स्त भएका छन् भने १९ वटा मात्रै सुरक्षित छन्। रसुवामा मात्रै २७ मध्ये २२ पुल ब'गेका छन्। बा'ढीले रसुवागढीको मितेरी पुल, टिमुरेका बेली ब्रिज, बेत्रावतीका पुल, त्रिशूली बजारका पुलदेखि देवीघाट र धादिङका महत्वपूर्ण पुलसमेत ब'गाएको छ।
उत्तरी व्यापारिक मार्ग रसुवागढी पूर्ण रूपमा वि'च्छेद हुनुका साथै गल्छी-स्याफ्रुबेँसी सडक क्ष'तवि'क्षत बन्दा मुलुकको आपूर्ति व्यवस्था, स्थानीय जनजीवन र जलविद्युत क्षेत्रमा ठूलो ध'क्का पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)