भोटेकोशी बाढी : चीनतर्फ ५५८ जना बेपत्ता, वर्षा र कठिन भूभागले उद्धारमा चुनौती
nagariknews.nagariknetwork.com · Thu Aug 27 08:40:30 GMT 2026

नेपाल-चीन सीमा क्षेत्र रसुवाको भोटेकोशीमा बाढी आएपछि चीनतर्फ पनि ठुलो क्षति भएको छ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा बुधबार बिहान गएको पहिरोमा परी ५५८ जना बेपत्ता भएका छन्। त्यसपछि चीनले ठुलो संख्यामा उद्धार टोली, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, हेलिकप्टर र राहत सामग्री परिचालन गरेको छ। चिनियाँ सञ्चारमाध्यम का अनुसार बिहीबार बिहानसम्म पहिरोमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ। बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)