संदिग्ध ठेकेदार र आईजीपी कार्कीको सम्बन्धको प्रमाण सांसद खगेन्द्रसित, जुत्ता कसले खायो?
barnanmedia.com · Thu Sep 10 07:14:10 GMT 2026

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र निजामती सेवामा व्यापक सुधारको कडा अभियान थाल्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले रसुवा बाढीका कारण केही समय रोकिएका कामहरू अब थप जोडतोडका साथ अघि बढाउने बताएका छन्।
नेपाल प्रहरीका लागि आवश्यक जुत्ता लगायतका बन्दोबस्तीका सामान खरिदमा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै आएका सांसद सुनार र प्रहरी नेतृत्वबीच विवाद उत्कर्षमा पुगेको छ। स्रोतका अनुसार संसदीय लेखा समितिको बैठकमा सोही विषय उठाउँदा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई अपमान हुने गरी तुच्छ शब्द प्रयोग गरेको सुनारको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)