‘ग्यास व्यापारीले एउटै सिलिन्डरमा १२ सय बढी लिइरहेका छन्, सरकार मौन छ’
ratopati.com · Thu Sep 10 07:27:00 GMT 2026

काठमाडौँ । नेपालीहरूका ठुला चाडपर्वहरू दसैं, तिहार र छठ नजिकिँदैछन् । तर आम उपभोक्ताको भान्सा भने महँगीको मारले निसास्सिएको छ । हालै आएको बाढीपहिरो र विपद्को बहाना बनाएर बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, खानेतेल, चिनी, प्याजदेखि मासुसम्मको मूल्यमा अचाक्ली वृद्धि गरिएको छ ।
यति मात्र होइन, राजधानी काठमाडौँलगायत केही सहरी क्षेत्रमा खाना पकाउने ग्यासको चरम अभाव सिर्जना गरिएको छ, जसकारण उपभोक्ताहरू घन्टौंसम्म लाइनमा बस्न बाध्य छन् । कतिपय ठाउँमा उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर सातायता भौंतारिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)