बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
ratopati.com · Thu Sep 10 07:30:58 GMT 2026

बाँके । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।
जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका थिए । तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)