वर्तमान र निवर्तमान मुख्यमन्त्रीबिच भेटवार्ता
gorkhapatraonline.com · Thu Sep 10 07:36:12 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्व मुख्यमन्त्री कमलबहादुर शाहबिच भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री भट्ट र शाहबिच समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था तथा प्रदेशको विविध विषयमा समेत छलफल भएको छ ।
मुख्यमन्त्री भट्टले पूर्व मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत रहनुभएका शाह नसासम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)