किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
gorkhapatraonline.com · Thu Sep 10 07:40:40 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस-युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाउनुभएको छ ।
बुधबार आयोजित कार्यक्रममा उहाँले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गर्नुभएको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । “विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान प्रकट गर्दछु”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)