युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान
khabarhub.com · Thu Sep 10 07:49:24 GMT 2026

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न युद्धविरोधी रुसी नागरिकलाई आह्वान गरेका छन् ।
याशिनले सेप्टेम्बर २० को दिउँसो युद्धविरोधी नागरिकलाई मतदान केन्द्रमा एकै समयमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गरे । उनका अनुसार यो अभियानको उद्देश्य निर्वाचनको परिणाम परिवर्तन गर्नु मात्र नभई युक्रेनमाथिको युद्धप्रतिको विरोधलाई सामूहिक रूपमा प्रदर्शन गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)