बाढी प्रभावित क्षेत्रमा बैंकहरूले वैकल्पिक व्यवस्था सहित सेवा निरन्तर राख्ने
arthasansar.com · Thu Aug 27 08:43:46 GMT 2026

नेपाल बैंकर्स संघले भोटेकोशी बढीले क्षति पुर्याएको क्षेत्रमा बैंकिङ सेवा निरन्तर दिने जनाएको छ । संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित सेवाग्रहीलाई सहयोग उपलब्ध गराउने जनाएको हो ।
संघले बाढीबाट ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित छन् । हालसम्म २६ कर्मचारीसँग भने सम्पर्क स्थापित हुन नसकेको संघले जनाएको छ । बाढी तथा डुबानका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएको संघले जनाएको छ । त्यसका साथै विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लामा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)