आन्तरिक विषय चुहाउनेलाई रास्वपाले कारबाही गर्ने, असन्तुष्टि व्यवस्थापन गर्न पार्टी सक्रिय
ratopati.com · Thu Sep 10 08:13:43 GMT 2026

काठमाडौँ । सरकारको कार्यशैलीविरुद्ध सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेता तथा सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि पार्टीभित्र हलचल उत्पन्न भएको छ । सरकारका कामकारबाही तथा आन्तरिक असन्तुष्टिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट पार्टीका नेता तथा सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि हलचल उत्पन्न भएको हो ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले पतिपय पार्टी तथा संसदीय दलका आन्तरिक कुराहरू समेत बाहिर चुहिन थालेको स्वीकार गर्दै यस विषयमा आवश्यकताअनुसार स्पष्टीकरण लिन सकिने बताए । ‘सरकार वा पार्टीसँग कुनै गुनासो छ भने आन्तरिक रूपमै छलफल गर्न सकिन्छ । फोनबाट, लिखित वा भेटेरै गुनासा, सुझाव दिन सकिन्छ । पार्टीकै बैठकमा पनि गुनासा राख्न सकिन्छ । तर, मिडियामा गएर वा सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्नु राम्रो हुँदैन । आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिन मौखिक वा लिखित रूपमै सचेत वा स्पष्टीकरण लिन्छौँ’, बुर्लाकोटीले बिहीबार रातोपाटीसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)