प्रदेश प्रमुख समक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश
nepalnews.com · Thu Sep 10 08:12:31 GMT 2026

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ। आयोगले गत आव २०८२र०८३ मा सम्पादन गरेका काम कारबाही र प्रगति समेटिएको छैठौं वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुख समक्ष पेश गरेका हुन्।
प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए। ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समय सीमा भित्र नै आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन तयार गरी पेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)