बाढी प्रभावित क्षेत्रमा देउवा : उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह
kendrabindu.com · Thu Sep 10 08:16:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले खोज तथा उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।
बाढीबाट प्रभावित नुवाकोटका क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार त्यहाँ पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विपत्तिको अवस्था गम्भीर रहेको भन्दै प्रभावित नागरिकको उद्धार र राहतमा सरकार गम्भीर हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)