शोक व्यवस्थापनमा संग्रहालय
nepalnews.com · Thu Sep 10 08:15:27 GMT 2026

भोटेकोशीमा आएको बाढीले हजारौँ परिवारलाई शारीरिक, भौतिक र मानसिक रूपमा आहत बनाएको छ। परिवारका सदस्य गुमाउनुको पीडा, घाइते अवस्था र भविष्यको अन्योलबीच बाँचिरहेका मानिसको उद्धार र पुनर्स्थापनासँगै शोक तथा मानसिक आघात व्यवस्थापनको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। यस सन्दर्भमा संग्रहालयको भूमिकाबारे छलफल गरिनु सान्दर्भिक हुन्छ।
प्राकृतिक विपद् तथा मानवीय द्वन्द्वका कारण सिर्जित संकटले मानिसलाई त्रासदीको अवस्थामा पुर्याउँछ। महिला, बालबालिका तथा अन्य जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरूमा यस्ता संकटको असर अझ गहिरो हुन सक्छ। सामाजिक, सांस्कृतिक तथा आर्थिक जीवनमा आएको विघटनले उनीहरूको मनस्थिति थप प्रभावित हुन सक्छ। यस्तो बेला संकट व्यवस्थापनसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ, जसका लागि संग्रहालयले अप्रत्यक्ष रूपमा सहजीकरण गर्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)