सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता
gorkhapatraonline.com · Thu Jun 18 09:08:56 GMT 2026

सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको सो भेटका क्रममा नेपाल र युएईबिचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतालगायतका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा सभामुख अर्यालले नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले युएई नेपालको महत्त्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबिचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकसँग प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने वर्तमान व्यवस्थालाई पुनर्विचार गरी सहज बनाइदिन राजदूत शम्सीसँग अनुरोध गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)