दूध, मासु र तरकारीमार्फत शरीरमा पुग्दैछ एन्टिबायोटिक
lokaantar.com

हामीले दैनिक रूपमा उपभोग गर्ने दूध, मासु, अण्डा, माछा तथा फलफूल र तरकारीका माध्यमबाट एन्टिबायोटिक औषधिहरू हाम्रो शरीरमा प्रवेश गरिरहेको पाइएको छ। पशुपालन र खाद्य उत्पादनका क्रममा प्रयोग गरिने यस्ता औषधिहरू खानेकुरामा अवशेषका रूपमा बाँकी रहने भएकाले यो अदृश्य संकट हाम्रो थालीसम्म आइपुगेको हो।
खानामा रहने यस्ता औषधिको मात्रा सुरुमा निकै कम देखिए पनि लामो समयसम्म यसको निरन्तर उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। विश्वभर नै प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखा परेको 'एन्टिबायोटिक रेजिस्टेन्स' हुनुको एउटा ठूलो कारण खाद्य पदार्थमार्फत शरीरमा पुगिरहेको एन्टिबायोटिक नै हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)