तराईमा पानी पुनः भरण योजना आवश्यक छ, डिप बोरिङ जडान मात्र समाधान होइन: मुख्यमन्त्री सिंह
ratopati.com · Thu Jul 31 18:09:00 GMT 2025

सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनः भरण योजना अत्यावश्यक भएको बताएका छन् । बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले पानीको सतह घट्दै जाँदा डिप बोरिङ जडान गर्नु मात्र समाधान नभएको स्पष्ट पारे ।
“जहाँ ठुलो डिप बोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ । जमिनबाट लगातार पानी त निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन । पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्”, मुख्यमन्त्री सिंहले भने, “त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनः भरणलाई प्राथमिकता दिनु आवश्यक छ ।” उनले ‘रेनवाटर हार्वेस्टिङ’ (वर्षाको पानी सङ्कलन प्रणाली) र जमिनले वर्षाको पानी सोस्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)