अन्नपूर्ण स्पाइकर्स किंग्स एनभीएलकाे फाइनलमा
ratopati.com · Thu Sep 10 09:04:54 GMT 2026
काठमाडौँ। अन्नपूर्ण स्पाइकर्स किंग्स नेपाल भलिबल लिग (एनभीएल)काे फाइनलमा पुगेकाे छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएकाे लिग चरणकाे आफ्नाे अन्तिम खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ काे सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनल पुगेकाे हाे।
अन्नपूर्ण २१-२५, २५-२३, २५-१४ र २५-२० काे सेटमा विजयी भयाे । पराजित सगरमाथा प्लेअफ समीकरणबाट बाहिरिएकाे छ ।अन्नपूर्ण ५ खेलमा ४ जित, १ हारसहित १२ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)