राष्ट्रियसभा सदस्यहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
ratopati.com · Thu Sep 10 09:10:44 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा भाग लिँदै उनीहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी पहिरो प्रभावितको राहत र उद्धारका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद खम्मबहादुर खातीले बाजुरा जिल्लाको बुढीगण्डकीमा अस्पताल निर्माण सम्पन्न गर्ने सम्झौता बमोजिम काम नभएको भनि स्थास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए। सभाका अर्का सदस्य चन्द्रबहादुर केसीले बजारमा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी भइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरे। बाढी प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूर्ति गर्न तुइनलगायत यातायातको पहुँच पुर्याउनुपर्नेमा उनको जोड थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)