अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न राजविराज जाँदै टोली
baahrakhari.com · Thu Sep 10 09:23:43 GMT 2026

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबारै (भदौ २५) राजविराज प्रस्थान गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)