तीन पुस्ता सँगै देखिने सखिया
ekantipur.com · Tue Oct 15 16:39:16 UTC 2024

कञ्चनपुर — चोलिया र फरियामा सजिएकी २४ वर्षीया अलिशा डगौरा सखिया नृत्यमा सहभागी हुन थालेको दुई/तीन वर्ष भयो । नाच्न जाने पनि उनलाई सखियाको गीत गाउन भने आउँदैन । आमा र बज्यै पुस्तासँगै सखिया नृत्यमा सहभागी भइरहने डगौराले गीत गाउन पनि सिक्दै गरेकी छिन् ।
सखिया भन्नाले साथी । सखिया नृत्यमा नाच्ने महिलाहरुले भगवान कृष्णलाई साथी मान्ने गर्छन् । त्यही भएर कृष्णकै गाथा गाएर सखियाको सुरुआत पनि हुन्छ । कृष्णअष्टमीबाटै थारु बस्तीमा सखिया नृत्य सुरु हुन्छ । त्यतिबेला सुरु भएको सखियाको रौनक दसैंसम्म बढ्दै जान्छ । दसैंसँगै सखियाको रौनक पनि सकिन्छ । 'यो हाम्रो पुर्खादेखिको चलन हो, त्यही भएर नयाँ पुस्ताले पनि सिहिरहेका छौं,’ महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत डगौराले भनिन्, 'अहिले आमा र बज्यैहरुकै पछि लागेर हामीले सिकिरहेका छौं, नयाँ पुस्तामा अगाडि लागेर नाच्ने र गीत गाउने कमै छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)