ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे संसद्मा बोले मन्त्री लम्साल, के हो वास्तविकता ?
nagariknews.nagariknetwork.com · Thu Jun 18 10:02:30 GMT 2026

प्रतिनिधिसभा सदस्य ऐन महरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे संसद्मा प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले मन्त्रीको उक्त अभिव्यक्ति कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा स्पष्टता खोजे। उनले व्यंग्यात्मक शैलीमा भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन ? कुन दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे खुट्टा भाँच्नुपर्ने हो, त्यो पनि अलिकति प्रष्ट आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन, यसबारे पनि प्रष्ट हुन आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)