राष्ट्रियसभा सदस्यहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
reportersnepal.com · Thu Sep 10 09:31:12 GMT 2026

काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उनीहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी पहिरो प्रभावितको राहत र उद्धारका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खम्मबहादुर खातीले बाजुरा जिल्लाको बुढीगण्डकीमा अस्पताल निर्माण सम्पन्न गर्ने सम्झौता बमोजिम काम नभएको भनि स्थास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । सभाका अर्का सदस्य चन्द्रबहादुर केसीले बजारमा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी भइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरे । बाढी प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूर्ति गर्न तुइनलगायत यातायातको पहुँच पुर्याउनुपर्नेमा उनको जोड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)