नगर अस्पताल लालबन्दीमा ‘कल्चर परीक्षण सेवा’ सुरु
gorkhapatraonline.com · Thu Sep 10 09:43:38 GMT 2026

सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालमा ‘कल्चर परीक्षण सेवा’ सुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा कल्चर परीक्षण सेवा भन्नाले बिरामीको शरीरमा कुन ब्याक्टेरिया, फङ्गस वा भाइरसको सङ्क्रमण भएको छ र त्यसका लागि कुन एन्टिबायोटिकले ठीक गर्छ भनी पत्ता लगाउन गरिने ल्याब परीक्षण हो । नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालमा रगत (ब्लड) र पिसाब (युरिन) मार्फत कल्चर टेष्ट गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)