भोटेकोशीमा फेरि बाढी : मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Fri Aug 28 15:24:38 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा फेरि बाढीको सतह बढेपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। शुक्रबार राति ८:५४ बजे जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट बाढी बढेको सूचना प्राप्त भएको थियो।
भोटेकोशीमा बाढी बढेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)