को हुन् सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट ?
ratopati.com · Fri Aug 28 15:22:32 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका गुरुखोला, खाल कलौनमा जन्मिएका भट्ट नीति, योजना, सञ्चार, सामाजिक विकास र सार्वजनिक नीतिका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
भट्टले प्रारम्भिक शिक्षा बैतडीको गुरुखोलास्थित मणिलेक विद्यालयबाट कक्षा ७ सम्म अध्ययन गरेका हुन्। त्यसपछि पाटनबाट माध्यमिक तहको शिक्षा पूरा गरेका उनले भारतको पिथौरागढबाट आईएससी अध्ययन गरे। सिद्धनाथ बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका भट्टले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले प्रेस इन्स्टिच्युटबाट पत्रकारितामा एकवर्षे डिप्लोमा पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)