विद्यालयबाट घर फर्कँदै गरेका बालकको अन्तिम यात्रा : खहरे खोलाले चुँडायो रातामाटाको उज्यालो
nepalpress.com · Fri Jun 05 16:09:27 GMT 2026

रुपन्देही । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा बुधबार साँझ सामान्य दिनझैँ विद्यालय छुटेको थियो । कक्षाकोठामा दिनभरि पढेका बालबालिका घर फर्किने हतारमा थिए । कसैले आमाले बनाएको खाना सम्झिरहेका थिए, कसैले साथीहरूसँग खेल्ने योजना बुन्दै थिए । तर त्यही साँझ दुई परिवारका लागि कहिल्यै नबिर्सिने पीडाको दिन बन्यो ।
स्थानीय बृद्धि विकास माध्यमिक विद्यालयमा अध्ययनरत ७ वर्षीय गोपाल खड्का र ६ वर्षिय समिर केसी विद्यालयबाट घर फर्कँदै थिए । उनीहरूलाई थाहा थिएन, बाटोमा पर्ने खहरे खोला त्यो दिन उनीहरूको जीवनको अन्तिम गन्तव्य बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)