ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : बोध नारायण श्रेष्ठ
kalakarmi.com · Thu Sep 10 09:49:32 GMT 2026

काठमाडौं- संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् ।
बिहिवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको बताए । उनले ग्यासको समस्या झन् जटिल बन्दै गएको भन्दै समस्या कहाँ छ भन्ने विषय जनताले समेत थाहा पाउने गरी छलफल गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)