१३.८५ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ४ अर्ब ९ लाखमा सीमित
annapurnapost.com · Thu Sep 10 09:52:23 GMT 2026

काठमाडौं : बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो। नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब १९ करोड मूल्य बराबरको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)