पार्टी एकताका लागि अझै नरम हुन तयार छु : गगन थापा
onlinekhabar.com · Thu Sep 10 10:01:14 GMT 2026

२५ भदौ, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए।
‘पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,’ उनले भने, ‘नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)