विपद्बाट गुल्मीमा एक करोडभन्दा बढीको क्षति
gorkhapatraonline.com · Thu Sep 10 10:08:00 GMT 2026

गुल्मीमा विपद्का घटनाबाट एक करोडभन्दा बढीको क्षति भएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा विपद्का घटनाबाट एक करोड ७६ लाख ५८ हजार २०० रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्कर्माका अनुसार एक वर्षमा विभिन्न दुई सय तीन वटा विपद्का घटना हुँदा मानिस मृत्यु चार, घाइते २०, बेपत्ता एक, चौपाया ५१ मृत्यु, घाइते छ भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)