मैले बोलेका शब्दले चोट पुर्याएको भए क्षमाप्राथी छु : कानुनमन्त्री
ratopati.com · Thu Sep 10 10:12:51 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूले बोलेको अभिव्यक्तिले चोट पुर्याएको भए क्षमा माग्छु भनेकी हुन् ।
उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।’ उनले भदौ २३ गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको बताएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)