चीनको पूर्वी बन्दरगाहमा विदेशी मालवाहक जहाजमा भीषण आगलागी
ratopati.com · Thu Sep 10 10:21:45 GMT 2026

बेइजिङ । चीनको पूर्वी क्षेत्रमा रहेको एक बन्दरगाहमा मालवाहक जहाजमा भीषण आगलागी हुँदा ठुलो मानवीय क्षति भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको जहाज विदेशी झन्डा बोकेको मालवाहक जहाज रहेको बताइएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार छिङदाओ सहरस्थित एक सिपयार्डमा मर्मतका लागि राखिएको जहाजमा स्थानीय समयअनुसार बिहान ११ः १५ बजे आगलागी भएको हो । आगलागी पछि जहाजमा रहेका केही मानिस फसेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)