श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
ratopati.com · Thu Jun 18 11:16:18 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय सिंहदरबार र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको फ्रन्टलाइन अस्पतालमा श्रमिकहरूको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको छ । नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पतालजस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।
अनुगमनका क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवसहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिकको अवस्था लगायतका कागजातहरूको अध्ययन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)