काभ्रेमा बाढीपीडितको पुनःस्थापना अझै बाँकी
nepalnews.com · Thu Sep 10 10:31:49 GMT 2026

काभ्रे। दुई वर्षअघि बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै काभ्रेका केही परिवार अझै सुरक्षित पक्की घरमा फर्किने दिन कुरिरहेका छन्। २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरवारविहीन बनाएका उनीहरूमध्ये कतिपयले दुई वटा वर्षायाम र दुई वटा हिउँद अस्थायी टहरामै बिताइसकेका छन्।
घर पुनर्निर्माणका लागि सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको छैन। सरकारी अभिलेखमा उनीहरूको क्षतिको विवरण समेटिए पनि सुरक्षित घरमा फर्किने सपना भने अझै प्रक्रियामै अड्किएको छ। २०८१ मा पुर्याएको क्षतिलाई २०८२ को असोज दोस्रो साता आएको बाढीले समेत थपेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)