राष्ट्रिय सभामा माफी माग्दै कानूनमन्त्री गौतमले के भनिन् ?
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर सभामा स्पष्टीकरण दिँदै माफी मागेकी छिन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री गौतमले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा आफूले दिएको अभिव्यक्तिको विभिन्न कोणबाट व्याख्या भएको स्पष्ट पारिन्। कानून निर्माण प्रक्रिया जटिल रहेको र संसद्का दुवै सदन तथा राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र कानून बन्ने संवैधानिक वास्तविकता मात्रै आफूले औँल्याएको उनको भनाइ थियो। आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गर्यो भनेर कतै पनि नभनेको जिकिर गर्दै राजनीतिक व्यक्तित्व भएका कारण आफ्ना भनाइहरूलाई सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न अर्थमा व्याख्या गरिएको उनले बताइन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)