विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्बुओली
emountaintv.com · Thu Sep 10 10:38:49 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विपत्तिमा राजनीति नभई नागरिकको जीवनरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ ।बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले भोटेकोशीमा आएको विपत्तिपछि उद्धार र राहत वितरणलाई तीव्र बनाउन सरकारसँग आग्रह गर्नुभयो । सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उहाँले उपलब्ध सबै सम्भावित प्रविधि, उद्धारका उपाय र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार गरि अस्थायी आश्रयस्थलमा राखिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको अवस्था समेत संवेदनशील रहेको बताउनुभयो । मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायत दीर्घरोगका बिरामीको नियमित औषधि अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयले विशेष स्वास्थ्य टोली र औषधिको व्यवस्था तत्काल गर्नुपर्ने उहाँको भनाई छ ।सांसद ओलीले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)