सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी
khabarhub.com · Thu Sep 10 10:44:35 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक कुमार साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार उनको नाम सिफारिस भएको छ। तर अहिलेसम्म कन्फर्म भने भइनसकेको बताइन्छ ।
पार्टी सभापति रवि लामिछाने टिमले नेता गणेश पराजुलीलाई अगाडि सार्ने तयारी गरेको भए पनि दीपकलाई नै उद्योगमन्त्रीमा पठाउन बालेन्द्रले तयारी गरिरहेको पार्टी स्रोत बताउँछ। पेशाले इन्जिनियर रहेका उनलाई उद्योग मन्त्रालयमा पठाउन लागिएको हो। यस अगाडि उद्योगमन्त्री गौरीकुमारी यादवले आज नै पदबाट राजीनामा दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)