एनआईसी एशिया बैंकद्वारा विद्यालयमा सहयोग हस्तान्तरण
annapurnapost.com · Mon May 25 16:03:18 GMT 2026

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ। विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो।
१६७ भन्दा धेरै विद्यार्थीले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला सुनारलाई जेठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)