धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Thu Sep 10 10:52:35 GMT 2026

काठमाडौँ। धनुषाको धनौजी गाउँपालिकामा सडक निर्माण कार्यमा कामै नगरी नक्कली कागजात खडा गरेर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट हस्तान्तरित बजेटबाट सञ्चालित गौरदाहादेखि लखौरीसम्म सडक निर्माण योजनामा मिलेमतो गरी कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ भ्रष्टाचार गरेको जिकिर गर्दै बिहीबारआरोपपत्र दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)