धनुषामा सडक निर्माणका नाममा कामै नगरी २६ लाख ६४ हजार भुक्तानी, ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणमा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा ९ जना तथा दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत सडक निर्माणका लागि छुट्याइएको रकममा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा कामै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रूपैयाँ भुक्तानी गरेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)